आठ महिनाकी गर्भवतीको गोली हानी हत्या
 
		
	नुवाकोट । अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् ।
 अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ । मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ ।
अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ । मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाूकले हत्या गरेका हुन् । आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ ।
एउटा स्थानीय जेलमा काम गर्ने नेगार आठ महिनाकी गर्भवती थिइन् । शनिबार तीन जना बन्दूकधारी उनी बसेको घरमा पुगेका थिए । आक्रमणकारीले अरबी भाषा बोलेको साँक्षीले बताएका छन् ।
नेगारलाई तालिवानले शनिबार श्रीमान र सन्तानकै अगाडि नैे कुटेर हत्या गरेका थिए । आफन्तले हत्या गरिएको कोठाको भित्तामा लतपतिएको रगतको टाटाको तस्बिर सार्वजनिक गरेका छन् ।
नेगारको हत्यामा आफ्ना लडाकूहरुको संलग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको तालिवानले जनाएको छ । तालिवान प्रवक्ता जाबिउल्लाह मुजहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ । उनको हत्यामा तालिवानको संलग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु । यसबारे अनुसन्धान भइरहको छ । ’ पूर्वअफगान सरकारमा काम गर्ने सबै जनालाई आममाफी दिइसकेको उल्लेख गर्दै उनले नेगारको हत्याको कारण व्यक्तिगत दुस्मनी हुन सक्ने बताए ।
१५ अगस्टमा काबुल कब्जामा लिएपछि तालिवानले महिलाप्रति केही सहिष्णु बन्ने घोषणा गरे पनि उनीहरूका गतिविधि झनै पाशविक देखिएको छ । लडाकूले महिला हत्याका घटना र अल्पसंख्यकमाथिको दमन बढेको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया