कांग्रेस नुवाकोटको आज ८८ वट्टै वडाको अधिवेशन
विदुर खबर
२०७८ भदौ २१ गते ७:०५
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको आज ८८ वट्टै वडाको वडा अधिवेशन हुँदैछ ।
वडा अधिवेशन नजिकिएसँगै प्रत्येक वडाका वडा सभापतिका उम्मेद्धवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्र पारेका छन् ।
यसअघि भदौ १८ गते हुने भनिएको अधिवेसन मंगलवार वसेको निर्वाचन समिति र नेपाली काग्रेँस जिल्ला कार्यसमितिको सयुत्त बैठकले जिल्लाका ८८ वटै वडा अधिवेसन आज गर्ने निर्णय गरेको थियो ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया