नुवाकोटमा एकजना जनप्रतिनिधि एकीकृत समाजवादीमा
नुवाकोट । नुवाकोटमा आईतवारसम्म नेकपा (एमाले) का एक जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् ।
आइतबार जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा पुगेर उनले एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार एकजना जनप्रतिनिधिले सनाखतका गरेको भए पनि निर्वाचन आयोगको निर्देशनअनुसार विवरण बताउन नमिल्ने बताइएको छ ।
यता, नवगठित एकीकृत समाजवादी पार्टी नुवाकोटका एक नेताका अनुसार एकीकृत समाजवादी रोज्नेमा तादी गाउँपालिका वडा नम्बर ३ की वडा सदस्य रामकुमारी श्रेष्ठ रहेकी छिन् ।
सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।
निर्वाचन आयोगले दल बदल्न चाहने स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्ला स्थित निर्वाचन कार्यालयमा २२ भदौभित्र सनाखत गराउनुपर्ने जनाएको छ ।
नुवाकोटमा अझै केही जनप्रतिनिधिहरुले एकीकृत समाजवादी रोज्ने तयारी गरेका छन् । त्यसको लागि उनीहरुले सोमवार वा मंगलवार निर्वाचन कार्यालय पुगी एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया