नुवाकोटमा एमालेका जनप्रतिनिधि अझै खुलेनन् एकीकृत समाजवादीमा
नुवाकोट । निर्वाचन आयोगले एमाले र जसपाका जनप्रतिनिधिलाई दल छान्न दिएको समय सकिन अब चार दिन बाँकी छ ।
तर, आजसम्म नुवाकोटमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नेकपा (एकीकृत समाजवादी) मा खुलेका छैनन् ।
नुवाकोटका १२ स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधि महिला र पुरुष गरी जम्मा एक सय ९८ जना रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये तीनजना अध्यक्ष र तीनजना उपाध्यक्ष एमालेबाट निर्वाचित छन् ।
एमाले छोड्न चाहने जनप्रतिनिधिले २२ भदौ साँझ ५ बजेसम्म जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सूचीत गरिएको छ ।
नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडा र प्रदेशसभा सखस्यद्धय केशव पाण्डे र बद्री मैनाली एमालमै रहेकाले एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि कोही नखुलेको देखिएको छ ।
यसअघि माधव नेपाल समूहमा देखिएका एमाले जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा र जिल्ला सचिव बुद्धी प्रधान एमालेमै रहने स्रोतले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया