टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विदुर खबर
२०७८ भदौ १६ गते ९:१४

नुवाकोट । मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले सुन्दरहरैचा-७ गोठगाँउमा प्रदेश१-०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा घाइते उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगे पनि त्यहाँ मृत्यु भएको हो ।
टिपर चालक प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया