२४ घण्टामा थपिए १६६४ संक्रमित, २० जनाको निधन
नुवाकोट । आज एकैदिन एक हजार ६६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण देखिएको हो ।
सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् ।
यस्तै संक्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६२.३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ६३७ जना सघन उपचार कक्ष (आइसियु), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया