सावधान, चुम्बन गर्दा ब्याक्टेरिया उपहार पाइएला !
धेरै मान्छेलाई थाहा छैन कि चुम्बन गर्दा ब्याक्टेरियाको एउटा ठूलो समुह शरणार्थी बनेर दोस्रो व्यक्तिको मुखभित्र प्रवेश गर्छ भन्ने । तर वैज्ञानिकहरूले १० सेकेण्डको एक चुम्बनमा आठ करोड ब्याक्टेरिया एक अर्काको मुखमा ओहोर–दोहोर गर्ने तथ्य फेला पारेका छन् ।
यो कुनै अनुमान होइन, नेदरल्याण्डका वैज्ञानिकको एक समूहले पत्ता लगाएको तथ्य हो ।
वैज्ञानिकहरुको एक समूहले २१ जोडीको चुम्बनमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा दिनमा नौ पटक चुम्बन गर्ने व्यक्तिको र्यालबाट अत्यधिक रुपमा ब्याक्टेरिया ओहोर–दोहोर गर्ने गरेको पाइएको थियो ।
अध्ययन अनुसार, मान्छेको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा हुन्छ । तीमध्ये केही असाध्यै छिटो ट्रान्सफर हुने खालका हुन्छन् ।
कसरी भएको थियो अध्ययन ?
डच वैज्ञानिकको यो अध्ययन जर्नन माइक्रोबिओममा सन् २०१४ मा छापिएको थियो । नेदरल्याण्ड अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ) को समूहले एक जोडीको चुम्बन बानीवारे सोधपुछसमेत गरेका थिए ।
यसमा एउटा महत्त्वपूर्ण प्रश्न सोधिएको थियो– गएको वर्ष कतिपटक एक–अर्कालाई चुम्बन गरेका थिए ?
साथै अन्तिम पटकको लिप्सवाला चुम्बन कहिले भएको थियो भनेर पनि सोधेका थिए ।
वैज्ञानिकले एक जोडीको जिब्रोको स्याम्पल पहिल्यै लिएका थिए । यसपछि उसको पार्टनरलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो । जसको मद्दतले सजिलै ब्याक्टेरियाको पहिचान गर्न सजिलो हुन्थ्यो ।
यसपछि चुम्बनको क्रममा कसरी ब्याक्टेरिया एकअर्काको मुखमा ओहोर–दोहोर गर्छ, पत्ता लागेको थियो । १० सेकेण्डमा करिब ८ करोड ब्याक्टेरिया ओहोर–दोहोर गरेको पत्ता लागेको थियो ।
यस टिमका प्रमुख प्रोफेसर रेमको कोर्टले भनेका छन्, ‘फ्रेञ्च चुम्बनमा ब्याक्टेरिया छिटो र धेरै संख्यामा एक अर्काको मुखमा प्रवेश गर्छन् । यो अध्ययनले ब्याक्टेरियासँग सम्बन्धित समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
डच वैज्ञानिकको यो अध्ययन एमस्टर्डमस्थित ब्याक्टेरियाको दुनियाँको पहिलो म्युजियमको सहयोगमा गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया