नुवाकोटमै पहिलोपटक संगम सहकारीले शुरु ग¥यो मोबाइल बैंकिङ सेवा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार वसपार्क रोड संगम प्लाजामा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा शुरु गरेको छ ।
शनिवार सहकारीले एक कार्यक्रमको आयोजना गरि मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । सहकारीको मोबाइल बैंकिङ सेवाको उदघाटन जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपाने र जिल्ला सहकारी संघ नुवाकोटका पुर्व अध्यक्ष बैकुण्ठ मिश्रले संयुत्त रुममा गरेका हुन् ।
सहकारीले आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको “संगम स्मार्ट एप”को प्रयोग गरी सदस्यहरुले सबै किसिमका वित्तीय सेवा लिन सक्ने जानकारी दिएको छ ।
जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जिल्लामै पहिलोपटक सहकारीले मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताए । उनले सहकारीले प्रविधिको क्षेत्रमा फडको मारेको भन्दै अन्य सहकारीलाई पनि यसले प्रविधिको क्षेत्रमा अगाडी बढ्न सहयोग गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नुवाकोटका समन्वय समितिका संयोजक बैकुण्ठ मिश्रले महामारीको समय सहकारीले सञ्चालनमा ल्याएको मोबाईल बैंकिंङ एपले समयको बचत हुने बताए ।
सुरक्षा पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी संगम सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि नुवाकोटमा पहिलोपटक भित्र्याएकोमा खुशी व्यक्त गरे । मोबाईल बैंकिंङको प्रविधिमा सदस्यहरुलाई संग्लन गराउने, प्रविधि र वैज्ञानिक रुपमा अगाडी बढाउन सहकारीले सूचना प्रविधिलाई व्यवस्थित गर्नुपर्ने छ। प्रत्यक्ष रुपमा मोबाईल बैंकिंङ एपले प्रविधिको पहुँचमा नभएका सहकारीको सदस्यहरुलाई पनि समेट्नुपर्ने छ। प्रविधिको युगमा बैंकिंङ प्रविधिलाई कसरी सुरक्षित भरपर्दो र वैज्ञानिक रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा ध्यान दिनु जरुरी रहेको बताए ।
यस्तै सहकारीका अध्यक्ष नारायण श्रेष्ठले सदस्यहरुले सुरक्षित, सरल र भरपर्दो तरिकाले कारोबार गर्न सहजता प्रदान गर्ने बताए । उनले सहकारीको रजतजयन्ती मनाउने क्रममा मोबाइल बैंकिङ एपको पहुँतालाई मध्यनजर गरि सदस्यहरुलाई प्राविधिक साक्षरता कार्यक्रम पनि संचालन गरिने बताए ।
मोबाइल बैंकिङ सेवा अन्तर्गत इन्टरनेट बैंकिङ, बीमा भुक्तानी, बैंक, हवाई टिकट र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

संगम बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी ग्राहकहरुले मोबाईल नं. रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने र इन्टरनेट बैंकिङमा संगमको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल, टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानीलगायत सेवा उपलब्ध हुने बताए ।
कोभिड–१९ महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न र प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिने उद्देश्यसहित प्रविधि प्रयोगमा जोड दिइएको सहकारीले जनाएको छ ।
सहकारीले पहिलो एकसय जनालाई मोबाइल बैंकिङ एप प्रयोगकर्तालाई बैंकिङ कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने बताईएको छ । साथै एपमार्फत कारोबार गर्दा मासिक रुपमा क्यासब्याकमा प्राप्त रकम मासिक रुपमामा खातामा जम्मा गर्ने छ ।
संगम सहकारीले सहकारीतर्फ नुवाकोटमा पहिलोपटक मोबाइल बैंकिङ सेवा सुरु गरेको हो । हाल सहकारीमा ६७५ सय शेयर सदस्य रहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया