काबुल विमानस्थल नजिकै विस्फाेट

विदुर खबर २०७८ भदौ १४ गते ६:१९

नुवाकोट । काबुल विमानस्थल नजिकै ठूलाे विस्फाेटकाे आवाज सुनिएकाे विवरणहरू सार्वजनिक भएका छन् ।

Advertisement

विभिन्न सामाजिक सञ्जालमा पाेस्ट गरिएका तस्बिरमा धुँवाकाे कालाे मुस्लाे देखिएकाे बीबीसीले जनाएकाे छ ।  अफगान स्वास्थ्य मन्त्रालयले पनि काबुल विमानस्थल नजिक विस्फाेट भएकाे पुष्टि गरेकाे छ । विस्फाेटमा के–कति क्षति भयाे भन्नेबारेमा भने विवरण प्राप्त भइसकेकाे छैन ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ ।  अमेरिकी राष्ट्रपति जाे बाइडेनले विस्फाेट हुन सक्ने चेतावनी दिइरहँदा काबुल विमानस्थल नजिकै विस्फाेट भएकाे हाे ।

Advertisement

यसअघि बिहीवार पनि काबुल विमानस्थलबाहिर विस्फाेट भएकाे थियाे । त्याे विस्फाेटमा एक सय ७० जनाभन्दा बढीकाे ज्यान गएकाे थियाे । त्यस विस्फाेटमा डेढ सयभन्दा धेरै घाइते भएका थिए ।

बिहीवारको विस्फोटको जिम्मा इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट–केले लिएको छ । काबुल विमानस्थलमा भएको आक्रमणको जवाफमा अमेरिकाले अस्ति शुक्रवार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । आक्रमणमा आईएस–केका दुई जना सदस्य मारिएका र उनीहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार रहेको अमेरिकाले बताएको छ ।

Advertisement

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ ।

बेलायतले भने आफ्ना सैनिक, कुटनीतिक अधिकारी तथा अरू नागरिकलाई स्वदेश फर्काइसकेको छ । तालिबानले काबुल कब्जा गरेपछि विदेशी तथा अफगानीसमेत गरी एक लाख १० हजारभन्दा धेरै मानिस बाहिरिएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया