नुवाकोटमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोनामुत्त
विदुर खबर
२०७८ भदौ १३ गते २१:२०

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोनामुत्त भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ जना कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय १५ मा झरेको छ । सक्रिय कोरोना संक्रमितमध्ये २ सय ८३ जना होम आइसोलेसनमा, १६ जना अस्पतालमा र १६ जना नै आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म जिल्लामा ७ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म २६ हजार ३ सय १० जनाको पिसिआर परिक्षण गरिएको स्वासथ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया