तनहुँमा एक साता थपियो निषेधाज्ञा

विदुर खबर २०७८ भदौ १३ गते २१:००

नुवाकोट । तनहुँमा एक साता निषेधाज्ञा थपिएको छ । २१ भदौ राती १२ बजेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

Advertisement

पछिल्लो पटक जारी गरिएको निषेधाज्ञा सोमबार रातीदेखि सकिँदै छ । पुरानो आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरेको प्रजिअ आचार्यको भनाइ छ । निषेधाज्ञा कडाइका साथ पालना गराउने उनले बताए ।

खोल्न अनुमति दिइएका व्यवसाय र सेवा संचालनको समयमा यस पटक एकरूपता ल्याइएको छ । बिहान ७ देखि साँझ ६ बजेसम्म खोल्न अनुमति दिइएको व्यवसाय र सेवा संचालनको समय निर्धारण गरिएको हो ।

Advertisement

प्रशासनले खेलकुदका कार्यक्रम, तालिम, सेमिनार र गोष्ठीमा रोक लगाएको छ । तर, दैनिक राजनीतिक दलका कार्यक्रमहरू भइरहे पनि प्रशासनले रोक्न भने सकेको छैन ।

प्रतिक्रिया