करेन्ट लागेर एकजनाको ज्यान गयो
विदुर खबर
२०७८ भदौ १३ गते १६:११
नुवाकोट । सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
आइतबार चन्द्रनगर गाउँपालिका–६, बस्ने ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्याइएको थियो ।
अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा मण्डललाई करेन्ट लागको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
मृतक पुरुषको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया