नुवाकोटसहित पाँच जिल्लाका कांग्रेस क्रियाशील सदस्यको नामावली प्रकाशित
नुवाकोट । कांग्रेसका थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ ।
केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको हो ।योसँगै ५३ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । समितिका संयोजक महादेवप्रसाद यादवले निर्वाचन निर्देशिका ०७८ को दफा ९ (ख) बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरिएको जानकारी दिए ।
उनले ती जिल्लामा समेत निर्वाचन अधिकृतहरु खटाइएको बताए । शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको सदस्यता सार्वजनिक भएको हो ।
समितिले यसअघि ४८ जिल्लाका सदस्यहरुको नामावली प्रकाशित गरेको थियो । जसमध्ये शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख र अछामको नामावली प्रकाशित भएको थियो भने बिहीबार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर, लमजुङ, तनहु, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपुरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, रुकुमपूर्व, रोल्पा, रुकुम पश्चिम, मुगु, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको नामावली प्रकाशित भएको थियो । नामावली प्रकाशित भएका जिल्लाका सदस्यहरुको नामावली कांग्रेसको वेबसाइटमार्फत हेर्न सकिन्छ ।
अन्य जिल्लाहरुको प्राविधिक काम बाँकी भएकाले क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । सैद्धान्तिक रुपमा क्रियाशील सदस्यता विवादमा सहमति जुटेपनि प्राविधिक काम बाँकी रहेको हो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया