तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार दलका
नुवाकोट । सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार भएको प्रहरीले बताएको छ । शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औला र बायाँ हातमा चोट लागेको जानकारी दिए । यद्यपि घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने उनले बताए ।
मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीवार साँझ एक होटेलबाट नै भएको बुझिएको छ। खुडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन ।’
गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ् होममा उपचार भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया