अवैध सालको काठसहित तीन जना पक्राउ
नुवाकोट । पछिल्लो समय जिल्लामा काठ तस्करहरु धमाधम समातिन थालेका छन् ।
केही दिनअघि २७ थान अवैध सालको काठसहित घोराही १० नारायणपुरका दुर्गा केसीको घरमा लुकाई राखेको अवस्थामा ४५ क्युफिट रहेको सालको चिरान काठ बरामद गरी डिभिजन वन कार्यालयमा पठाएको थियो ।
त्यहीँ दिन लमही नगरपालिका-२ राजपुरघाटबाट रा १ त ४०७३ नम्बरको ट्याक्टरमा अवैध रुपमा ओसार-पसार गर्दै गरेको अवस्थामा १८ थान ईपिलिपी जातको गोलिया सहित २ जना समातिएका थिए ।
शुक्रबार थप ३ जना समातिएका छन् । गढवा गाउँपालिका – ६ गढवा-लमही रोडबाट अवैध काठ ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
कक्रहवाबाट लमहीतर्फ जाँदै गरेको लु २ च ७७४१ नम्बरको युढा कम्पनीको पिकअप जिपमा रहेको १७ थान साल जातको चिरान काठ सहित राप्ती – ८ पिपरा बस्ने ३७ वर्षका विनोद चौधरी, गढवा गाउँपालिका – ४ खड्गपुर बस्ने २४ वर्षका साहिद मुसलमान र राप्ती गाउँपालिका – ५ कालापानी बस्ने २६ वर्षका प्रदीप कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठ तस्करीको अभियोगमा पक्राउ परेकाहरुमाथि आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया