कर्णालीका विभिन्न राजमार्ग अवरुद्ध
विदुर खबर
२०७८ भदौ ११ गते १४:५४
नुवाकोट । अविरल वर्षाले कर्णाली प्रदेशका विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
कर्णालीका प्रदेशका सुर्खेत–नेपालगञ्ज सडकखण्ड र कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५ हर्रेमा सुर्खेत–नेपालगञ्ज सडकखण्डमा राती परेको अविरल वर्षातका कारण ढुंगा, माटोसहितको पहिरो आई बाटो पूर्णरुपमा अवरोध भएकोमा अहिले एकतर्फी खुलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–२ सुवाछेडा र गुराँस गाउँपालिका–१ मैनखोलामा वर्षाले पहिरो खस्न गई कर्णाली राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया