आफ्नै दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
नुवाकोट । गोरखामा सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
मंगलबार सिरानचोक गाउँपालिकाबाट – ३२ वर्षीय दिदीलाई करणी गरेको आरोपमा २६ बर्षीय भाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
युवकमाथि गत सोमबार (साउन ७) गते दिदीलाई आफ्नै घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित भनिएकी महिलाले घटना भएलगत्तै श्रीमान्, जेठानीलगायत घरका अन्य सदस्यलाई बताएपछि आरोपित भागेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको उजुरीका आधारमा मंगलबार राति सिरानचोकमा नै आफन्तको घरमा लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।
डिएसपी दाहालकाअनुसार आरोपितमाथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट बुधवार ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया