भारतमा कोरोनाबाट एकैदिनमा ६ सय ४८ को मृत्यु

विदुर खबर २०७८ भदौ ९ गते १८:०२

नयाँ दिल्ली । भारतमा कोरोनाबाट पछिल्लो २४ घन्टामा एकै दिन ६ सय ४८ जनाको मृत्यु भएको छ ।

Advertisement

यो संख्या पछिल्ला केही दिनयताकै धेरै हो । अघिल्लो दिन कोरोनाबाट तीन सय ५४ जनाको मृत्यु भएको थियो ।

भारतभर पछिल्लो २४ घन्टामा साढे ३७ हजार संक्रमित भेटिएकोमा सबैभन्दा बढी अर्थात २४ हजार दुई सय ९६ संक्रमित केरेला प्रान्तमा देखिएका छन् । भारतमा हालसम्म तीन करोड २५ लाखलाई कोरोना संक्रमण भएको छ ।

Advertisement

अहिलेसम्म कोरोनाबाट ४ लाख ३५ हजारको मृत्यु भइसकेको छ । खोप अभियानलाई तीब्र पारे पनि नयाँ भेरियन्टका कारण नियन्त्रणमा समस्या भएको छ ।

कोरोनाबाट केरलापछि महाराष्ट्र, तमिलनाडु, कर्नाटक, आन्ध्रप्रदेश र तेलंगना सबैभन्दा बढी प्रभावित छन् । पछिल्लो २४ घन्टामा राजधानी नयाँ दिल्लीमा एक सय ५१ नयाँ संक्रमित भेटिएका छन् ।

Advertisement

भारतमा केही दिनअघिको तुलनामा संक्रमितको संख्या घटिरहेको छ । आगामी अक्टोबरमा भारतमा कोरोनाको तेस्रो लहर उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया