गोठालामाथि सेनाद्वारा निर्घात कुटपिट
नुवाकोट । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नेपाली सेनाको श्री १८ नम्बर बाहिनी अड्डा भुल्केबाट ड्युटीमा खटिएका जवानले बाख्रा चराउन जाने गोठालालाई कुटपिट गरेको छ ।
मंगलबार साँझ करिब ४ बजेको समयमा भएको कुटपिटबाट स्थानीय ४० वर्षीय मोहमद इसराइल, २० वर्षीया रेतुन खातुन, ३४ वर्षीया मन्जु खातुनलगायत चारजना घाइते भएका छन् । इसराइलको अवस्था गम्भीर छ । उनको १८ नं. बाहिनी अड्डाअन्तर्गत सामुदायिक सर्पदंश उपचार केन्द्रमा उपचारपछि जिल्ला अस्पताल रेफर गरिएको आफन्तले जानकारी दिएका छन् ।
भुल्के सामुदायिक वनमा बाख्रासहित घाँस लिएर फर्किँदै गर्दा सेनाका जवानले बिना कारण कुटेको पीडितले बताएका छन् । इसराइल घाँस काटेर आउँदै थिए भने महिलाहरु बाख्रा चराउन जंगल जाँदै थिए ।
१८ नम्बर बाहिनीले तारबार गरेको भन्दा पूर्वपट्टिको जंगलमा बाख्रा चराउँदै घाँस काटेर फर्किँदा एक्कासी कुटपिट गर्नुको साथै गालीगलौजसमेत गरेकाे इसराइलले बताए ।
यता, १८ नम्बर बाहिनी अड्डाका मेजर विकास शाक्यले सामुदायिक वनभन्दा बाहिनीले घेरेको क्षेत्रमा प्रवेश गरेपछि सामान्य ठेलमठेल भएको दाबी गरे । भुल्के सामुदायिक वन र बाहिनी अड्डापूर्व एउटा बाटो छ, त्यहाँबाट नियमित घाँस काट्न जानेहरुले सेनाका जवानलाई गालीगलौज गर्ने र एकजना तारबारभित्र पसेर लठ्ठीले सेनाका जवानलाई कुट्न आएको तथा हतियार खोस्नै खोजेपछि ठेलमठेल मेजर शाक्यको भनाइ छ । ‘हाम्रो जवानले कसैलाई कुटपिट गरेको छैन, अहिले धमिलो पानीमा माछा मार्ने काम भयो,’ मेजर शाक्यले भने ।
कुटपिटको विरोधमा स्थानीयले १८ नम्बर बाहिनीको गेटमा धर्ना दिएका छन् । विगतमा पनि सेनाका जवानले आफूहरुमाथि ज्यादती गरेको उनीहरुको आरोप छ । स्थानीयले सेनाले सोध्दै नसोधी सामुदायिक वनमा मनपरी रुपमा तारबार गर्ने, वनजंगल जाने बाटो घेरबार गर्ने, स्थानीयलाई धम्काउने गरेको गुनासो गर्दै आएका छन् । विगतमा ब्यारेकभित्रको खोला थुनेर नम्बरी जग्गामा पठाएको आरोप स्थानीयको छ । घटनाबारे बाहिनीले बुधवार स्थानीयसँग छलफल गर्ने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया