रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु
विदुर खबर
२०७८ भदौ ८ गते २१:०२
नुवाकोट । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ।
रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए।
घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गाले उनलाई टोकेको थियो।
उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिए।
उनी कक्षा ६ मा अध्ययनरत थिए।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया