टिकटक भिडियो बनाउँदा अपार्टमेन्टबाट खसिन् युवती

विदुर खबर २०७८ भदौ ८ गते १३:२४
सूचक फोटो

एजेन्सी । टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ ।

Advertisement

टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्बिरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।

Advertisement

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न खतरनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाई छ ।

यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्यान गएको थियो ।

Advertisement

प्रतिक्रिया