नुवाकोटमा पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिए

विदुर खबर २०७८ भदौ ७ गते १४:३२

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४९ जनाको पिसिआर २ जनाको एन्टीजेन परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ११ जना विदुर नगरपालिकाका, ४ जना किस्पाङ गाउँपालिका र ३ जना बेलकोटगढी नगरपालिकाका रहेका छन् ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ३० पुगेको छ । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ३ सय ९० जना होम आइसोलेसनमा, २२ जना अस्पतालमा र १५ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँर्गै जिल्लामा कोरोना निको भएर घर फर्कनेको संख्या ७ हजार २ सय ५९ पुगेको छ ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा २५ हजार ८ सय ६९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया