पन्ध्र केजी गाँजासहित एक पक्राउ
नुवाकोट । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका-७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । पक्राउ परेको राईविरुद्ध आज लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार राई लामो समयदेखि हलेसी क्षेत्रमा अवैध रुपमा गाँजाको कारोवार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।यसअघि गत चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीका अनुसार गाँजा कारोवारमा संलग्न रहेका राई हाल फरार रहेका छन् ।
यसैबीच, भरुवा बन्दुकसहित शनिबार एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपलिका–७ हलेसीस्थित ऐँसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई रहेका छन् ।
राईले घरमा भरुवा बन्दुक लुकाइ राखेको प्राप्त सूचनाका आधारमा उनलाई पक्राउ गरेको र उनीविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दश स्थानीय तह रहेको जिल्लामा स्थानीय प्रशासनले अवैध हातहतियारमुक्त अभियानसमेत शुरु गरेको छ ।
सो अभियानअन्तर्गत गत बिहीबार ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीबाट १७ थान भरुवा बन्दुक सङ्कलन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ





प्रतिक्रिया