आजको मौसम : बागमती प्रदेशमा भारी वर्षा हुने
आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। त्यस कारण मुलुकका अधिकांश स्थानमा हाल सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
‘प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने हुँदा सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ,’ महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।
आज राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया