नक्कली नागरिकता बनाई करोडौं ठग्ने सिंह पक्राउ
नुवाकोट । भारतको हिमाञ्चल प्रदेशका रविकुमार सिंहलाई नेपाल प्रहरीले नक्कली नेपाली नागरिकता लिएर करोडौं ठगी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
सुर्खेतको लाटीकोइली गाउँपालिकाबाट नेपाली नागरिकता लिएका सिंहले विभिन्न बहाना बनाएर ठगी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । सिंहले नारायणगढ–बुटवल खण्डको बाटो विस्तारका लागि सडकका दायाँ–बायाँका रुख कटानको जिम्मेवारी आफूले पाएको भन्दै बुटवलका हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई उक्त काममा लगानी गर्न र नाफाको ४० प्रतिशत रकम दिने भन्दै ४३ लाख ७३ हजार रुपियाँ ठगी गरेका थिए ।
सिंहले नारायणगढ–बुटवल खण्डको सडक निर्माण गर्दै आएको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको कागजात देखाई आफू र अञ्जली कन्ट्रक्सनबीच सम्झौता भएको कागज देखाएर ठगी गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
सिंहले आफ्नो ठगीको सिलसिलालाई जारी राख्ने क्रममा अञ्जली कन्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर भएको भन्दै बुटवलका कृष्णबहादुर गुरुङको बा१२च ३८५९ नम्बरको मारुती स्विफ्ट गाडी महिनाको ९० हजार भाडा दिने भन्दै २०७६ साल वैशाखमा गाडी लिएर फरार भएका थिए । रानाको गाडी लिएर काठमाडौं आएका सिंहले उक्त गाडी भक्तपुरका प्रदीप रायलाई नक्कली ब्लुबुक बनाएर ८ लाख ३५ हजार लिएर फरार भएका थिए । रायले पछि गाडी आफ्नो नाममा नामसारी गर्न जाँदा ब्लुबुक नक्कली भएको र सिंहले आफूलाई ठगी गरेको पत्ता लगाएका थिए ।
सिंहले चुरियामाई इन्टरप्राइजेजका सञ्चालक कृष्णहरि गौतमसँग रहेको बजाज कम्पनीको बाइक खरिद गर्ने भन्दै ३० हजार दिएर ३ लाख ठगी गरेर फरार भएका थिए । विभिन्न ठाउँमा ठगी गर्दै आएका सिंहले जनकपुरमा रहेको साह एन्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई रोयल हाइड्रो कम्पनीको म्यानेजिङ डाइरेक्टर भएको भन्दै सुजुकी कम्पनीको ब्रेजा गाडी भाडामा लिने भन्दै ठगी गरेर फरार भएका थिए ।
महिनाको १ लाख ५० हजार भाडा दिने भन्दै गाडी लिएर हिँडेका सिंहलाई प्रहरीले उक्त गाडीसहित पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । सिंहले आफ्नो ठगी धन्दालाई अघि बढाउने क्रममा लाजिम्पाटमा रहेको रोयल हाइड्रो कम्पनीको नक्कली लेटरप्याड बनाएर १ करोडभन्दा बढी ढगी गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।
सो कम्पनीका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले र प्रबन्ध निर्देशक प्रेमबहादुर शाहीले आफ्नो कम्पनीको नाममा ठगी गरेकाले सिंहलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएपछि सिंहले गर्दै आएको कीर्ते धन्दाको पर्दाफास हुँदै आएको प्रहरीले जानकारी दिएको छ ।
नेपालमा नक्कली नागरिकता बनाएर ठगी गर्दै आएका सिंहले बैंक खातासमेत खोलेर ठगी गरेको रकम जम्मा गर्दै आएका थिए । सिंहले अन्य व्यक्तिलाई ठगी गरेको हुन सक्ने भएकाले प्रहरीलाई खबर गर्न पनि आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया