दल विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै ओली समूहमा खैलाबैला
विदुर खबर
२०७८ साउन ३२ गते २०:१९
नुवाकोट । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चासँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा खैलबैला मच्चिएको छ ।
अध्यक्ष ओली निकट शिर्ष नेताहरु बालकोटमा पुगेर रणनीतिक छलफलमा जुटेका छन् ।
सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेपछि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आँकलन गर्दै ओली समूह आन्तरिक छलफलमा जुटेको हो ।
एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई सहज हुने गरी अध्यादेश आउन लागेको निष्कर्षसहित ओली समूहका नेताहरु छलफलमा जुटेको एक नेताले बताए ।
ओली र नेपाल पक्षबीच यसअघि १० बुँदे सहमति भएपनि कार्यान्वयनमा दुवै पक्षले चासो देखाएका छैनन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया