अफगानिस्तानका राष्ट्रपति अशरफ घानी देश छाडेर भागे

विदुर खबर २०७८ साउन ३१ गते २०:३५

नुवाकोट । अफगानिस्तानका राष्ट्रपति अशरफ घानी देश छाडेर भागेको सरकारी अधिकारीहरुले दाबी गरेका छन्।  आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई उनी शरण लिन ताजिकिस्तान पुगेको बताएका छन्।

Advertisement

यता, राष्ट्रपति कार्यालयले भने सुरक्षा कारणले घानीको अवस्थाबारे केही भन्न नसकिने बताएको छ। आइतबार बिहान घानीले प्रथम महिलासँगै राष्ट्रपति भवनको बगैँचामा समय बिताएको बताइएको छ।

उनले तालिबानसँग सहमति हुन नसके देश छाडेर अर्को मुलुकमा शरण लिन जाने अनुमान गरिँदै आएको थियो। यता, टोलो न्यूजले घानी ताजिकिस्तानबाट अर्को मुलुकतर्फ जाने बताइएको छ।

Advertisement

‘घानी र उनका निकट सहयोगीहरुले देश छाडेका छन्। दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले उहाँले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पुनु भएको बताउनु भएको थियो,’ समाचारमा लेखिएको छ।

यसैबीच, एक तालिबान अधिकारीले रोयटर्ससँग कुरा गर्दै घानीले देश छोडेकोबारे अनुसन्धान गरिरहेको बताएका छन्।

Advertisement

प्रतिक्रिया