कोरोना संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु
विदुर खबर
२०७८ साउन २९ गते ६:४३
नुवाकोट । कोरोना भाईरस संक्रमणबाट सिन्धुलीमा बिहिबार थप एक वृद्धको मृत्यु छ ।
जिल्लाको पुर्वी भेग फिक्कल गाउँपालिका –३ का ९४ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
मृतक वृद्धमा २३ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भए पछि होम आईसोलेसन राखिएको थियो ।
उहाँको घरमा नै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण हाल सम्म ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया