नुवाकोटमा आज ७४ जना कोरोनामुत्त
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ५ सय ६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका ३ जना र लिखु गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार एकसय ९ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ६१ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ७ जना होम आइसोलेसनमा, ३३ जना अस्पतालमा र २१ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ४२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म २४ हजार २ सय २१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया