जापानले दिएको ३ लाख ३१ हजार डोज कोरोना खोप काठमाडौं आइपुग्यो

विदुर खबर २०७८ साउन २४ गते १७:५०

नुवाकोट । जापान सरकारको सहयोगमा नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख मात्रा मध्येको एस्ट्राजेनेका खोप शनिबार ५ लाख १३ हजार ४ सय २० लाख मात्रा उपलब्ध गराईसकेको र आईतबार ३ लाख ३१ हजार मात्रा उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

कतार एयरको विमानबाट खोप आईतबार दिउँसो नेपाल आईपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयोे । भुटान सरकारले पनि नेपाल सरकारलाई शुक्रबार २ लाख ३० हजार मात्रा एस्ट्राजेनेकाको खोप उपलब्ध गराएको छ ।

यो खोप झण्डै ५ महिनाअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकका साथै अन्य कोभिसिल्ड खोप लगाएका नागरिकहरुलाई दोस्रो मात्राका रुपमा लगाइने कार्यक्रम रहेको डा.पौडेलले बताउँनुभयो । सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई जापान र भुटान सरकारले उपलब्ध गराएको खोप लगाउने पूर्व तयारी भैसकेको जानकारी दिनुभयो ।

Advertisement

नेपाल सरकारले नोपली नागरिकलाई अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकका साथै अन्य नागरिकलाई गत चैतमा नै लगाइसकेको थियो ।

नेपालमा शुक्रवार भुटान सरकारले २ लाख ३० हजार मात्रा र जापान सरकारले शनिवार र आईतवार गरि ८ लाख ४४ हजार ४ सय २० मात्रा गरि जम्मा १० लाख ७४ हजार ४ सय २० मात्रा खोप नेपाल भित्रिसकेको छ र जापान सरकारले उपलब्ध गराउने बाँकी खोप पनि छिटै आउँछ ।

Advertisement

पहिलो मात्रा कोभिसिल्ड खोप लगाएर दोस्रो मात्रा लगाउँन केही समय पर्खनु परेका सबै नागरिकले अब खोप पाउँने प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया