पर्वतमा नेकपाको १३५ सदस्यीय कमिटी
विदुर खबर
२०७५ साउन २५ गते १:५९
पर्वत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको ।
पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो । पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिनुभयो ।
“पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,” उहाँले भन्नुभयो । कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ । सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया