गेर्खु शहरी स्वास्थ्य केन्द्रलाई सहयोग

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा उपल्लो गेर्खुमा रहेको शहरी स्वास्थ्य केन्द्रलाई स्थानिय जर्नादन न्यौपानेले विविध सामाग्री सहयोग गरेका छन् ।
न्यौपानेले आफ्नी स्वर्गीय हजुरआमा लोकमाया न्यौपानेको ४५औं दिनको पुन्य थितिको स्मृतिमा गेर्खु शहरी स्वास्थ्य केन्द्रलाई कुर्सी, खानेपानीको जार लगायतका सामाग्री उपलब्ध गराएका हुन् ।
उक्त सामाग्री विदुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सिनाले गेर्खु शहरी स्वास्थ्य केन्द्रका ईन्चार्ज लेखतवहादुर गजुरेललाई हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष तिमिल्सिनाले सबैको सहयोगमा स्वास्थ्य केन्द्रलाई सवल बनाउनुपर्ने बताए ।
यस्तै हजुरआमा पुन्य थितिको स्मृतिमा विभिन्न सामाग्री उपलब्ध गराएका न्यौपानेले थोरै सामान भएपनि स्वास्थ्य संस्थालाइृ सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का वडा सभापति शेरबहादुर घले लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया