पासाङल्हामु राजमार्ग अवरुद्ध
विदुर खबर
२०७५ साउन २५ गते १:४७
नुवाकोट, पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ ।
अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट काठमाडौंँतर्फ हिँडेका सवारीसाधन रोकिएका छन् । सडक भत्किएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले भत्किएको सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बस रोकिएपछि वैकल्पिक सडक नभएका कारण यात्रुहरु भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् । भत्किएको सडक बनाउने काम तीव्रताका साथ भइरहेकाले आज बेलुकासम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया