पासाङल्हामु राजमार्ग अवरुद्ध
विदुर खबर
२०७५ साउन २५ गते १:४७

नुवाकोट, पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ ।
अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट काठमाडौंँतर्फ हिँडेका सवारीसाधन रोकिएका छन् । सडक भत्किएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले भत्किएको सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बस रोकिएपछि वैकल्पिक सडक नभएका कारण यात्रुहरु भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् । भत्किएको सडक बनाउने काम तीव्रताका साथ भइरहेकाले आज बेलुकासम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया