कारबाहीमा ४१ तालिबानी लडाकू मारिए
एजेन्सी । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् ।
त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सुरक्षाबल र तालिबान लडाकूबीच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेका कैयाै शहर पुनःकब्जामा लिएका छन् ।
सुरक्षाबलले तालिबान लडाकूबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत बिहीबारबाट तालिबान लडाकूले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए ।
अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकूले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया