निधन भएका काँग्रेस नेता आचार्यको सम्झना
नुवाकोट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्व विष्णुबहादुर आचार्यको योगदानलाई पार्टीको वर्तमान पुस्ताले भुल्न नहुने बताउनुभएको छ ।
विदुरस्थित काँग्रेस पार्टी कार्यालयमा आज आयोजित स्व विष्णु आचार्यको १३ दिनको पुण्यतिथिमा गरिएको शोकसभामा नेता केसीले स्व आचार्यले बिपीको सिद्धान्तलाई पालना गरी पार्टीमा योगदान पु¥याउनुभएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले स्व आचार्यले पार्टीलाई जिल्लामा स्थापित गराउन र प्रजातान्त्रिक आन्दोलनको लागि अतुलनीय योगदान दिनुभएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, महासमिति सदस्य रमेश महतलगायतले स्व आचार्यले काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो । काँग्रेसका पुराना नेता आचार्यको साउन १२ गते राति ६३ वर्षका उमेरमा निधन भएको थियो । विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा पार्टीका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुख उम्मेदवार बनाएको थियो ।
पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिवहुँदै २०४६ सालको जनआन्दोलनमा आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय हुनुभएको थियो । स्व आचार्य महासमिति सदस्यसमेत हुनुहुन्थ्यो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया