कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कार तामाङलाई

विदुर खबर २०७८ साउन १६ गते ८:४६

नुवाकोट । यस बर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता नुवाकोटकी क्रियाशिल पत्रकार शक्तिमाया तामाङलाई दिइएको छ ।

Advertisement

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक समाचारहरु संकलन र संप्रेषण गरेबापत उनलाई पुरस्कृत गरिएको आयोजकदे जनाएको छ । शुक्रवार नुवाकोटको बिदुरमा आयोजित उत्तरगया दैनिकको चौथो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रकाशक एवं नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको पुरस्कारबाट तामाङलाई सम्मानित गरेका हुन् ।

तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा कांग्रेस नेता अर्जुननरसिंह केसीले सम्मान गरेका हुन् ।

Advertisement

आठबर्ष देखि नुवाकोटको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकार तामाङ विविसि नेपाली सेवाको नुवाकोट संबाददाताको रुपमा कार्यरत छिन् ।

प्रतिक्रिया