नुवाकोटमा विप्लव माओवादी निकट विद्यार्थी संगठनको प्रर्दशन

विदुर खबर २०७८ साउन १५ गते १४:३५

नुवाकोट । नुवाकोटको बट्टारमा नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रर्दशन गरेको छ ।

Advertisement

अखिल क्रान्तिकारीले स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षामा भइरहेको विकृतिविरुद्ध प्रर्दशन गरेको हो ।

प्रर्दशनमा विद्यार्थीहरुले सबै नागरिकलाई कोभिड खोपको व्यवस्था गर्न, अवैध रुपमा विराट मेडिकल कलेजलाई दिने प्रक्रिया बन्द गर्नुपर्ने माग राख्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।

Advertisement

प्रर्दशन बट्टार चोकबाट संगमचोक पुगेर पुन नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनमा करिव दुई दर्जन विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

 

प्रतिक्रिया