त्रिशुली अस्पतालको फेरि अर्काे लापरवाही,सुत्केरीको पाठेघर भित्र साल छाड्दा दुबै किड्नी ड्यामेज

विदुर खबर २०७८ साउन १३ गते १०:३४

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको लापरवाहीले हदको सिमा नाघ्दै गएको छ ।

Advertisement

अस्पतालको गम्भीर लापरवाहीको कारण नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ बेशिकठेरिकी २१ वर्षिय रुकु राईको मृगौला ड्यामेज भएको छ । त्रिशुली अस्पतालमा २०७७÷१२÷११ गते सुत्केरी गराइसकेपछि उनलाई थप समस्या देखिएपछि काठमाडौं रिफर गरिएको थियो । उपचारको लागि काठमाडौंको ग्रिनसिटि अस्पतालमा उपचार गर्ने क्रममा सुत्केरी महिलाको पाठेघर भित्र साल वाकि रहेको र त्यसै कारण पाठेघरमा ईन्फेक्सन भएको जानकारी अस्पताल प्रशाशनने जानकारी गराएको रुकुका पति निरज राईले जानकारी दिए ।

त्यसपछि पाठेघर भित्र रहेको साल पुन अप्रेसन गरेर झिकि उनको उपचार गर्ने क्रममा सालभित्र भएको कारणले ईन्फेक्सन हुँदा दुवै मृगौला ड्यामेज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्रिशुली अस्पतालको गम्भीर लापवाहीले आफ्नो श्रीमति र नाबालकको ज्यान जोखिमा परेको रुकुका पति निरजले जानकारी दिए । उनले घटनाको दोषीलाई कारवाहीको माग गर्दे अस्पताल प्रशासनमा निवेदन दिएका थिए ।

Advertisement

तर घटना भएको लामो समय बितिसब्दा समेत अस्पताल प्रशासनले अझै दोषी पत्ता लगाउन नसकेको निरजले गुनासो गरेका छन् ।
र आफुहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको अपिल गरेका छन् ।

यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन दिपेन्द्र पाण्डेसँग कुरा गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Advertisement

सहयोग अभियान शुरु

राईको परिवारको आर्थिक स्थिति कमजोर भएको भन्दै स्थानिय युवा नेता कृष्ण मिश्रको नेतृत्वमा सहयोग अभियान शुरु गरिएको छ ।
कसैको दुःख र अपठ्यारोमा सबैले सहयोग गर्नुपर्छ भन्दै सहयोग अभियान शुरु गरिएको सहयोग अभियान्ता मिश्रले विदुरखबरलाई बताए । उनले एउटा असल नेपाली नागरिक र सामाजिक कार्यकर्ताको हैसियतले सहयोग अभियान शुरु गरिएको बताए ।

                                       घटनाको दोषीलाई कारवाहीको माग गदै पिडित पक्षले अस्पताल प्रशासनलाई बुझाएको ज्ञापनपत्र ।

रुकुकलाई न्याय दिलाउन मिश्र र उनका श्रीमान त्रिशुली अस्पताल गई अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई पटकपटक भेटेर तत्काल सत्यतथ्य छान गरि दोषिलाई कार्वाही गरि पिडित रुकु राईलाई न्याय दिन लिखित र मैखिक रुपमा आग्रह गर्दा समेत सुनुवाई नभएको मिश्रले बताए ।

त्यसैले सामाजिक सञ्जाल मार्फत घट्नाको सत्यतथ्य छानविन गरि दोषिलाई कार्वाही गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गरिएको पिडित परिवारले जनाएको छ ।पिडित रुकुको अहिले हप्ताको दुई पटक डाईलेसिस गर्नुपर्ने भएको छ । परिवारको आर्थिक स्थिति कम्जोर भएकोले उनको जीवन रक्षाको लागि उनका श्रीमान निरज राईले सबैसँग सहयोगको अपिल गरेका छन् ।

उनलाई आर्थिक सहयोग गर्न चाहानेले प्राईम कर्मशियल वैक काठमाडौं वाँनियाटार शाखा निरज राई खाता न ः०८४००६२० नम्बर रहेको छ ।
उनलाई सहयोग गर्ने दानविरहरुको नामा सामाजिक संजाल फेसबुकमार्फत गरिने समेत बताइएको छ ।

यसअघि त्रिशुली अस्पतालको जेनेरेटरमा इन्धन नभएको तथा विद्युत सेवा अवरुद्ध भएको कारण देखाउदै अस्पतालको गम्भीर लापरवाहीको कारण विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी एक महिलाले आफ्नो शिशु गुमाएकी थिइन् ।

प्रतिक्रिया