सेती नदीको खोँचमा युवतीको शव भेटियो
विदुर खबर
२०७८ साउन १२ गते ६:४४
नुवाकोट । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाेँचमा एक युवतीको शव भेटिएको छ ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५.३० वर्षीया युवतीको शव भेटिएको हो ।
उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया