६० प्रतिशत नेपालीले चैत्र मसान्तसम्म खोप पाउने

विदुर खबर २०७८ साउन ११ गते २१:२१

नुवाकोट । नेपाल सरकारले कोरोनाविरुद्धको खोप विभिन्न मुलुकबाट असोज मसान्ता भित्र थप १करोड ५ लाख ४८ हजार मात्रा ल्याउँने पूर्व तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

सोमबार संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो- सरकारको अबको मुख्य ध्यान खोप प्राप्ति र खोप अभियान संचालनमै रहेकोछ । कम्तिमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिनेछ । सोही अनुरुप केपी ओली नेतृत्वको सरकारले बनाएको योजना समेतलाई समावेश गरि असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदैछ ।

त्यसमा कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदैछ । त्यस्तै शेर बहादुर देउवाको नेतृत्वमा सरकार बने लगत्तै चीन सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता गरेको भेरोसेल खोप वैदेशिक अनुदानबाट १६ लाख मात्रा साउनकै अन्तिम साता सम्म आईसक्ने सचिव अर्यालले समितिलाई जानकारी गराउँनुभयो ।

Advertisement

साथै २०७७ फागुनमा भारतको शेरम इष्टिच्युटसँग खरिद गरि भुक्तानी समेत भैसकेको १० लाख मात्रा कोभिसिल्ड खोप आउँन बाँकी रहेकोमा बर्तमान सरकारको पहलमा भदौको दोस्रो साता सम्म नेपाल आईपुग्ने पनि जानकारी गराउनुभयो । नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको ४० लाख र अनुदानमा दिने १६ लाख मात्रा खोप साउनको अन्तिम साता आईसक्ने र थप ६० लाख मात्रा भदौ मसान्तसम्म नेपाल ल्याउँने योजना रहेको पनि सचिव अर्यालले समितिलाई जानकारी गराउनुभयो ।

उहाँले नेपालमा कोराना बिरुद्धको खोप ल्याउँने कार्यलाई निरन्तरता दिदैै जाने क्रममा २०७८ असोजदेखि चैत मसान्ता सम्म थप ३ करोड २३ लाख मात्रा खोप भित्र्याउने योजना अनुरुप काम भैरहेको बताउँनुभयो ।

Advertisement

यसरी आउँदैछ कोरोना बिरुद्धको खोप यसरी आउँदैछ 

कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख, कोभ्याक्सबाट लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, ज्यानसेन (जोन्सन एण्ड जोन्सन्), एस्ट्राजेनेका आदि १ करोड ५० लाख मात्रा, बालबालिकाका लागि फाइजरको ६० लाख मात्रा खोप आउने भएको छ ।

सरकारले कुल जनसंख्याको ७ दशमल्भ २ प्रतिशत पहिलो प्राथमिकतामा रहेका २ करोड १ सय ५६ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखे अनुरुप असोज मसान्तसम्म ३३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखेको छ । लक्षित समूहमा १२ देखि १८ बर्ष सम्मका बालबालिका समेत पर्ने सचिव अर्यालले जानकारी गराउँनुभयो ।

सरकारको लक्ष्य अनुरुप हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ । त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा, कोभिसिल्ड ३ लाख ४८ हजार, ज्यानसेन अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० डोज रहेकोछ । जसमा वैदेशिक अनुदानबाट २९ लाख मात्रा मध्ये चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख मात्रा रहेकोछ ।

नेपाल भित्रिएको खोप खरिदबाट जम्मा ५० लाख मात्रामा कोभिसिल्ड भारतबाट १० लाख, भेरोसेल चीनबाट ३२ लाख र शुक्रबार चीनबाट थप ८ लाख मात्रा आउँने क्रममा रहेको सचिव अर्यालले जानकारी गराउँनुभयो ।

यसकै आधारमा खोप लगाउँने कार्य तदारुकताका साथ भैरहेको छ । आइतबारसम्म पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जना (१५ दशमल्भ ८ प्रतिशत) र पूर्ण खोप १४ लाख ३० हजार ४ सय १६ जना (६ दशमल्भ ६ प्रतिशत) ले लगाईसकेको जानकारी गराउँनुभयो ।

कुल जनसंख्याको ७२ प्रतिशत पहिलो प्राथमिकतामा रहेका २ करोड १५ लाख र पछिल्लो समय १२ वर्ष देखि १८ वर्ष सम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य सरकारले राखेको छ ।
नेपाल सरकारले खोप प्राप्तीका लागि छिमेकी मुलुक भारत, चीनका साथै बेलायत, जर्मनी, इटाली, कोरिया, स्पेन, बेल्जीएम, नेदरल्याण्ड, अष्ट्रेलिया, अमेरिका, जापान, स्वजरल्याण्ड लगायतका मुलुकसँगबाट सहयोग प्राप्त हुने सम्भावित कार्यतालिका समेत तयार पारेको छ ।

कोरोना संक्रमणको २०७६ माघ ९ देखि २०७७ साउन ३ गते सम्मको अवस्था

नेपालमा कोरोना संक्रमणको पहिलो केश २०७६ माघ ९ गते चीनबाट नेपाल फर्किएका जनकपुरका एक विद्यार्थीमा देखिएको २ महिना पछि मात्र दोस्रो केश देखिएको थियो । यो अवधिमा १७ हजार ५ सय २ जना संक्रमित भेटिएका थिए ।

यो परिक्षणको पोजिटिभिटी दर औषतमा ५ दशमल्भ ६ प्रतिशत रहेको थियो । यो अवधिमा सबैभन्दा बढी संक्रमितहरू २०७७ असार १९ गते देखिएको सचिव अर्यालले जानकारी गराउँनुभएको थियो ।

सचिव अर्यालका अनुसार कात्तिकमा पुग्दा पहिलो लहरउच्च बिन्दुमा पुगेको थियो । कार्तिक ५ गते उच्च बिन्दु ५ हजार ७ सय ४३ जना नयाँ सक्रमित भएका थिए । कार्तिक १० गते परीक्षणको पोजेटीभिटी दर सबैभन्दा उच्च ३५ प्रतिशत पुगेको थियो । न्युनतम बिन्दु २०७७ चैत्र १ गते जम्मा ५३ जना नयाँ सक्रमित प्रमाणित भएका थिए ।

दोस्रो लहर २०७७ चैत्र २ देखि हालसम्म

चैत्रको पहिलो हप्ता देखि बिस्तारै संक्रमण बढ्न शुरु गरी २०७८ साल बैशाखको अन्तिम सातामा आएर दोस्रो लहर उच्च बिन्दुमा पुगेको जानकारी गराईयो । बैशाख २७ गते परीक्षणको पोजेटीभिटी दर हाल सम्मकै सबैभन्दा उच्च ५१ दशमल्भ ८ प्रतिशत पुगेको थियो भने जेष्ठ ६ गते एकै दिनमा सबै भन्दा बढी १ हजार ७ सय ४८ जना कोभिड–१९ का सक्रमितहरू आई.सि.यु.मा भर्ना भएका थिए ।

जेष्ठ ८ गते सबै भन्दा बढी ५सय २३ जना सक्रमितहरू भेन्टिलेटरमा थिए । सबैभन्दा बढी सकृय संक्रमितहरू बैशाख २८ गते १ लाख १७ हजार २ सय ६३ जना पुगेका थिए ।

डेल्टा भेरियन्ट सहितको हाल सम्मको महामारीको दोश्रो लहरको अवस्था

बैशाखको अन्तिम हप्ताः ६२ हजार ६ सय ५६ रहेकोमा साउनको पहिलो हप्ता १७ हजार ७ सय १७ रहेको थियो । साउन ९ गतेसम्म कुल सक्रमित ७ लाख ३३ हजार २ सय ६० रहेको छ भने निको हुनेको संख्या ८८ प्रतिशत अर्थात ६ लाख ४१ हजार ५ सय ६५ रहेको छ ।

जसमा २६ हजार ४ सय १९ सक्रिय संक्रमित मध्ये ५ सय ९२ जना आइ.सी.यु.मा रहेका र १ सय ७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म नेपालमा कोरोना संक्रमणका कारण ९ हजार ७ सय १३ जना (कुल संक्रमितको १ दशमल्भ ३ प्रतिशत) को मृत्यु भएको स्वास्थ्य मन्त्रालये शिक्षा स्वास्थ्य समितिमा पेश गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया