कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सुरु

विदुर खबर २०७८ साउन १० गते १२:२३

नुवाकोट । कोरोना महामारीका यसअघि रोकिएका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न तहका परीक्षा आजदेखि सुरु भएको छ।

Advertisement

स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो। कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थी परीक्षापूर्वको व्यवस्थापन सहज नहुँदा भने समस्यामा परेका छन्।

कोरोनाका कारण परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो। कार्यालयले एक सूचना प्रकाशित गरी नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ।

Advertisement

प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषय प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकमा परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न केन्द्राध्यक्षलाई कार्यालयले आग्रह गरेको छ।

Advertisement

साथै फोटो नभएको प्रवेशपत्र भए परीक्षार्थीको नागरिकता वा अन्य परिचय खुल्ने कागजात हेरेर नियमअनुसार परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया