छुट्टाछुट्टै दुर्घटनामा परी ६जना घाइते

विदुर खबर २०७८ साउन १० गते १२:१६

नुवाकोट । नवलपरासी बर्दघाट–सुस्तापूर्वमा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

Advertisement

जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी छ जना घाइते भएका प्रहरीले जनाएको छ ।शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–५ का २६ वर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–९ का २८ वर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ वर्षीय रन्जित माझी घाइते भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

Advertisement

त्यसैगरी शनिबार राति नै कावासोती–१ रिठ्ठेपानीको भित्री सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु३त ६२१५ नंको ट्र्याक्टर आफँै अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका छन् । दुर्घटनामा परी मध्यविन्दु–६ का २४ वर्षीया सुनिता बोटे, ४५ वर्षीय लालमणि महतो र २५ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन् ।

घाइते सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया