आज ३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन
नुवाकोट । विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ ।
ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो । नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ ।
उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् । नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।
उदघाटन समारोहमा १५ राष्ट्र र संगठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् । प्रतियोगितामा कोरोनाभाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करणको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै राखिएको छ । २३ जुलाइमा सुरु हुने ओलम्पिक ८ अगस्टमा सकिने छ ।
संक्रमणको जोखिमका कारण ओलम्पिक आयोजक कमिटी र आइओसीले विना दर्शक खेल सन्चालन गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया