धादिङका यातायात व्यवसायीहरु आन्दोलित

विदुर खबर २०७८ साउन ७ गते १२:३७

धादिङ । धादिङका यातायात व्यवसायीहरु आन्दालित बनेका छन्।२८ प्रतिशत बृद्धि भएको भाडादर कामय हुनुपर्ने भन्दै यातयात व्यवसायीले यातायात बन्द गराएका हुन्।

Advertisement

बस संचालकहरुले मंगलबारदेखी  बिहान कालुपाण्डे मार्गको च्याडुमा बस तेस्र्याएर सडक अवरुद्ध गरेका छन् । धादिङमा रहेका पाँच वटा यातायात व्यवसायीहरुको बैठकले साउन १ गतेदेखी लागु हुनेगरी २८ प्रतिशत भाडा बृद्धि गराएका थिए।सरकारले गरेको निर्णय भन्दै धादिङका पाँच यातायात व्यवसायीहरुले पनि धादिङबाट सन्चालन हुने शहरी तथा ग्रामिण भेगको यातयातको भाडा बृद्धि गराएका थिए ।भाडा बृद्धि भएसँगै त्यसको चर्को विरोध समेत भएको थियो ।

चर्को भाडा असुलेको भन्दै प्रहरीले धमाधम कारबाही गर्न थालेपछि यातयात व्यवसायीहरु आन्दोलित बनेका छन्। नागढुङगा प्रहरीले यात्रुसँग चर्को भाडा असुलेको भन्दै धादिङबाट सन्चालन हुने सवारीका साधनहरुलाई कारबाही गर्न थालेको छ ।

Advertisement

सरकारले अन्तरप्रदेशमा सन्चालन हुने यातायातको भाडा २८ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो । तर धादिङका यातायात व्यावसायीहरुले भने जिल्ला भित्र र प्रदेश भित्रै सञ्चालन हुने यातायातको भाडा बृद्धि गराएका थिए । एक्कासी यातयात बन्द हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन्।

सरकारले विभिन्न आधार बनाएर लामो दुरीका सार्वजनिक गाडीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको छ। यस्तै धादिङबेशीदेखी काठमाडौँ र काठमाडौँदेखी धादिङबेशीसम्मका बिभिन्न स्थानमा चल्ने सार्वजनिक गाडीमा साविकको भाडामा २८ प्रतिशतले बृद्धि भएको छ । यसअघि धादिङबेशी–काठमाडौं भाडा १८५ थियो,हाल समायोजन भएसँगै अहिले २३५ पुगेको छ।

Advertisement

माग पुरा नभएस सम्म यातायात बन्द गराउछौँः सुवेदी 

बृद्धि भएको भाडा दर कामय नभएसम्म यातयात सन्चालन नहुने ग्रामिण यातयात सहकारी संस्थाका महासचिव बद्री सुवेदीले जानकारी दिनुभएको छ ।वि.स.२०६९ सालदेखी अहिले सम्म भाडा बृद्धि नभएको भन्दै अहिले भाडा बृद्धि हुनु स्वभाविक भएको बताउनु भएको छ ।

वि.स. २०६९ सालमा ७१ रुपैँया लिटर तेल हुँदा पनि १ सय ८५ भाडा दर भएको र अहिले १ सय १३ रुपैँया तेल पुग्दा पनि १ सय ८५ नै भाडा दर कामय भएको भन्दै उहाँले अहिलेको भाडा बृद्धिलाई अन्यथा लिन नहुने बताउनुभयो । यातयात व्यावसायीहरुले घाटा बेहोरेर पनि यातायात सन्चालन गरीरहेको भन्दै उहाँले अहिले बैठक बसेर थप निर्णय गर्ने समेत धादिङ सन्चारलाई बताउनुभयो।

एक्कासी बन्द हुँदा यात्रुहरु समस्यामा

एक्कासी विहानैदेखी यातायात बन्द हुँदा गन्तव्यमा हिडेका यात्रुहरु समस्यामा परेका छन् । विहानै काठमाण्डौँ लगायत अन्य स्थानमा हिडेका यात्रुहरु यातायात बन्द भन्ने खबर पाएपछि घर फर्केका छन्। आकस्मिक कामका लागि हिडेका यात्रुहरुले भने रिर्जभ गरेर गन्तव्य तीर गईरहेका छन् ।

प्रतिक्रिया