भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख पुग्यो

विदुर खबर २०७८ साउन ७ गते १०:०६

एजेन्सी । कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्येको एक भारतमा महामारीका कारणले मृत्यु हुनेको वास्तविक संख्या ४० लाख नाघिसकेको एक अध्ययनले देखाएको छ ।

Advertisement

भारतको आधिकारिक तथ्यांक अनुसार हालसम्म त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार भएतापनि मृत्युको वास्तविक अधिकतम संख्या अर्थात एक्सेस डेथ त्यसको १० गुणा बढि रहेको अध्ययनको निष्कर्ष छ ।

यो सँगै चालू कोरोना महामारी स्वतन्त्रता र विभाजन पछिको भारतीय आधुनिक इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षतिको दुखान्त घटना बनेको छ ।

Advertisement

मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार रेकर्ड गरिएको र अपेक्षा गरिएको मृत्युबीचको अन्तरको रुपमा गणना गरिने एक्सेस डेथको संख्या भारतमा ३४ लाख देखि ४७ लाख सम्म पुगेको छ ।

अमेरिकाको वाशिंटन तथा हार्वार्ड विश्वविद्यालयमा रहेको थिंकट्यांक संस्था सेन्टर फर ग्लोबल डेभलपमेन्टले तयार पारेको उक्त अध्ययन प्रतिवेदन अनुसारउल्लेखित मृत्यु कोभिड १९ भाइरस संक्रमणको प्रत्यक्ष कारणले मात्र नभएर महामारीको समग्र असरका कारणले भएको कूल मृत्यु हो । यो संख्या महामारी सुरु भएपछि गत जुन २१ सम्मको हो ।

Advertisement

अध्ययनका क्रममा शोधकर्ताहरुले भारतको कूल जनसंख्याकेा आधा हिस्सा रहेका विभिन्न ७ वटा राज्यको वाषिर्क मृत्युदरलाई आधार मानेका थिए । साथै उनीहरुले उमेरगत संक्रमणजन्य मृत्युको अन्तराष्ट्रिय दर, भाइरसबाट मृत्यु भएका मानिसहरुको संख्याका साथै देशव्यापी एन्टीबडी परीक्षण अर्थात् सेरो सर्भेका तथ्यांकहरु र भारतको उपभोक्ता सर्भेक्षणको तथ्यांक समेत विश्लेषण गरेका थिए ।

प्रतिक्रिया