जापान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ
विदुर खबर
२०७८ साउन ५ गते ६:५४
नुवाकोट । सामाजिक सञ्जाल फेसबुकमा जापानिज नागरिक बनेर जापान पठाउने भन्दै ठगी गर्दै आइरहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
तानकायोका नामबाट फेसबुक आईडी खोलेर आफू जापानको अध्यागमनमा काम गरिरहेकोे र नेपालीहरुलाई वर्किङ भिसामा जापान ल्याउने सक्ने बताउँदै सो गिरोहले विभिन्न नेपाली नागरिकसँग ३९ लाख ठगी गरेको अभियोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरकी सुभद्रा परियार, इलामकी पूजा राई, सिन्धुपाल्चोकका राजेन्द्र ढकाल र भक्तपुरकी दीपिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया