लगातारको वर्षाले नुवाकोटको विभिन्न स्थानको पोल ढल्यो, बेलकोट,रानीपौवा र खरानीटार अन्धकार

नुवाकोट÷ अविरल वर्षाका कारण नुवाकोटको ककनी क्षेत्रमा ४५ वटा विद्युतीय पोलमा क्षति पुगेको छ । आइतबार रातीदेखिको अविरल वर्षाले जिर्ण अवस्थाका काठका पाेल ढलेर क्षति भएको हो। वर्षाले खोल्सी भरिएर माटो बगाउँदा पुराना काठका विद्युतीय पोल ढलेको नेपाल विद्युत प्राधिकरणको नुवाकोट वितरण केन्द्र प्रमुख सन्तोष कुमारले बताए ।
उनका अनुसार पोल ढलेको क्षेत्रमा बिहानैदेखि विद्युत आपूर्ति बन्द गरिएकोे छ । विद्युत सेवा प्रभावित हुँदा बेलकोट, रानीपौवा र खरानीटार गाउँ अन्धकार भएका छन् । क्षति पुगेका स्थानमा नयाँ फलामे पोल परिवर्तन गरेर मंगलबार साँझसम्ममा आपूर्ति नियमति गरिने प्राधिकरणले जनाएको छ ।
यस्तै, भारी वर्षाका कारण भक्तपुरका आधा दर्जन बढी स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको छ । भक्तपुर वितरण केन्द्र अन्तर्गत कटुन्जे फिडरका ६ वटा ट्रान्सफर्मर बन्द गरिएको छ । कटुन्जेमा एउटा विद्युतीय पोल ढल्ने अवस्थामा पुगेकाले दुुर्घटना हुन नदिन आपूर्ति बन्द गरिएको वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले बताए । उनका अनुसार कटुन्जे फिडर प्रभावित हुँदा काभ्रेको सीमा र रानीकोट क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । जिर्ण पोल परिवर्तन गरेर आपूर्ति नियमित गरिने भएको छ ।
यस्तै, नगरकोट फिडर अन्तर्गत खरिपाटी माथिको होटल एरियाको आपूर्ति बन्द छ । यस क्षेत्रको आपूर्ति नियमित गर्न प्राविधिक टोली खटाइएको वितरण केन्द्रले जनाएको छ । नलिन चोकमा हरियो बाँस लत्रिएर ११ केभी लाइनलाई छोएपछि दुर्घटना हुन नदिन आपूर्ति बन्द गरिएको पनि श्रेष्ठले बताए । नलिन चोक फिडर प्रभावित हुँदा कुडाल, बागेश्वरी, क्यामासिंह वरपरको विद्युत सेवा प्रभावित भएको छ । लत्रिएको बाँस काटेर आपूर्ति नियमित गरिने प्राधिकरणले जनाएको छ । वर्षाले ठिमी वितरण केन्द्र अन्तर्गत बालकुमारी फिडरको सिरुटार क्षेत्रको आपूर्ति पनि प्रभावित भएको छ । वितरण लाइन फल्ट हुँदा आपूर्ति बन्द भएको केन्द्र प्रमुख पार्थ श्रेष्ठले बताए । वितरण लाइनको फल्ट पहिचान गर्न प्राविधिक टोली खटाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया