डाेटीमा वर्षाले तीन घर भत्किए

विदुर खबर २०७८ असार २७ गते २१:०९

नुवाकोट । लगातारको भारी वर्षाका कारण जिल्लामा तीनवटा घर भत्किएका छन्। आइतबार भत्किएका घरमा कम्तीमा पनि १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षातले जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ। उनको घरको तल्लो तला भत्किदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन्।

यसैगरी जिल्लाकै बडिकेदार गाउँपालिका–१ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घरको धुरी भाँचिई घर भत्किदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ।

Advertisement

त्यस्तै दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने जोगी भुलको ढुङ्गा माटाले बनेको स्लेटले छाएको दुई तले घरको धुरी वर्षात्को कारणले भाँचिन गई घर भत्किई घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ। भत्किएका घरमा कम्तीमा पनि १५ लाखबराबरको क्षति भएको अनुमान गरिएको छ।

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

प्रतिक्रिया