स्याङ्जा र गोरखामा कोरोनाको नयाँ ‘भेरियन्ट’ भेटियो
नुवाकोट । यस अघि पत्ता लागेको अल्फा भेरियन्ट भन्दा छिटो फैलन कोरोना संक्रणको भाईरस गोरखा र स्याङजामा पत्ता लागेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षणका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशको स्याङ्जा र गोरखा जिल्लामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नबराज शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
केन्द्रका संयोजक शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट डेल्टा प्रमाणित भएको छ । स्याङजा कालिगण्डकी गाउँपाकिाका १४ वर्ष र ६० वर्षको पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकामा ७०,३३, र ४० वर्षिय महिलाहरुमा नयाँ भेरियन्ट पुष्टि भएको जनाईएको छ ।
विज्ञप्तीमा उल्लेख भए अनुसार यो पहिला प्रमाणित भएको अल्फा भेरियन्टमाभन्दा बढी संक्रमण हुने दर केही बढी भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना















धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया