नवलपरासीमा एकै गोठमा १३ भेडा मरे
नुवाकोट । पूर्वी नवलपरासीको मध्यबिन्दु १ अभियानमा एकै गोठका १३ भेडा गए राती मरेका छन् भने २ भेडा घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार स्थानीय एकल महिला मनकुमारी महतोले पालेका ति भेडाहरु गए राती मरेका हुन् ।
एउटै गोठका दर्जन बढी भेडा मरेको र मर्ने तथा घाईते सबै भेडाको घाँटीमा चोट रहेकोले भेडालाई कुनै जंगली जनावरले मारेको अनुमान गरिएको छ ।
घर नजिकैको सामान्य गोठमा बाधिएका भेडा बिहान खोरमा नदेखिए पछि खोजी गर्दा गोठ वरपर भेडाहरु मरेको भेटिएका थिए ।
स्थानीयले नजिकै रहेका सामुदायिक वनबाट आएको चितुवाले भेडाहरुलाई आक्रमण गरी मारेको आशंका गरेका छन् । भेडा मारिएपछि बर्षौदेखि भेडा पालेर जीविको पार्जन गर्दै आएकी महतोको गोठ एकै रातमा रित्तिएको छ ।
घाइते दुई भेडाको पनि घाँटी तथा अन्य भागमा गम्भीर चोट लागेको छ । घटनाबारे अनुसन्धान भईरहेको जिप्रका नवलपरासी पुर्वका सुचना अधिकारी प्रनाउ दिलीप कुमार गिरीले बताउनु भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया